पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, भदौ १ : लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ।
शनिबार प्रतितोला ७१ हजार पाँच सयमा कारोवार भएको छापावा....
काठमाडौं, भदौ १ : लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ।
शनिबार प्रतितोला ७१ हजार पाँच सयमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला पाँच सयले घटेर ७० हजार सात सय कायम भएको छ। शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला आठ सय ४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला आठ सय ३० कायम भएको महासङ्घले जनाएको छ।
पछिल्लो एक महिनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ। साउन महिनामा मात्रै सुनको मूल्य प्रतितोला ६ हजारसम्मले बढेको थियो।
यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च ७१ हजार पाँचमा खरिद बिक्री भएको थियो। चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार पाँच सय १८ डलर नाघेको छ।






