डा. केसीलाई अनशन तोड्न देउवाको आग्रह
काठमाडौं, माघ १७– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
देउवाले बिहीबार दिउँसाे डा. केसीलाई ....
काठमाडौं, माघ १७– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
देउवाले बिहीबार दिउँसाे डा. केसीलाई शिक्षण अस्पताल महाराजञ्जमा भेटेर सत्याग्रहप्रति सरकार उदासीन र असहिष्णु रहेको भन्दै अनशन तोड्न आग्रह गरे । ‘तपाईकाे मागमा नेपाली काँग्रेस र मेरो आफ्नो पनि समर्थन छ । तर तपाईकाे सत्याग्रहप्रति सरकार संवेदनशील देखिएन,’ देउवाले भने ।
भेटमा सँगै गएका काँग्रेस नेता गगन थापाका अनुसार डा. केसीको मागमा आफू नैतिक रुपमा पनि बाँधिएको सभापति देउवाले बताएका थिए । थापाका अनुसार हालै संसदका दुवै सदनबाट पारित चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगले भने अनुसार सशाेधन गर्न काेशिस गरे पनि नसकेको देउवाले केसीलाई बताए ।
कानुन बनेर आइसकेपछि पनि त्यसलाई दुरुपयोग हुन नदिन संघर्ष गर्नुपर्ने र त्यो संघर्षको नेतृत्व केसीले गर्नु उपयुक्त हुने भएकाले केसीले अनसन तोड्नुपर्ने देउवाले आग्रह गरेका थिए ।
युवा नेता गगन थापाले केसीको १६औं अनसनको २३औं दिनमा पनि सरकार अनुदार र असहिष्णु रहेको बताए । गोविन्द केसी मरे मरुन् भन्ने तरिकाले सरकार अगाडि बढेको थापाले बताए । सर्वसाधारण जनतालाई हेरेर डा. केसीले अनसन तोड्न उचित हुने पनि थापाले बताए ।






