Kathmandu Press

लागूऔषध खैरो हेरोइनसहित पक्राउ  

कैलाली, कात्तिक २९ : लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्।गौरीगंगा नगरपालिका–९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने वस्तुसहित लम्कीचुहा नगरपालिका–१...
लागूऔषध खैरो हेरोइनसहित पक्राउ  

कैलाली, कात्तिक २९ : लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने वस्तुसहित लम्कीचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय मसुरिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्