Kathmandu Press

अनलाइनमार्फत ठगी गरेको अराेपमा पक्राउ   

काठमाडौं, कात्तिक २९ : अनलाइनमार्फत ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका–३ वतन भएका २३ वर्षीय विकास गुरुङलाई ठगी गरेको नगद १९...
अनलाइनमार्फत ठगी गरेको अराेपमा पक्राउ   

काठमाडौं, कात्तिक २९ : अनलाइनमार्फत ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका–३ वतन भएका २३ वर्षीय विकास गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

विकासले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामानरपार्सल आएको भन्दै उक्त सामान लिन र चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुटा बहाना बनाई करबापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाउने गर्दथे।

साेही सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबाट उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्