Kathmandu Press

काठमाडौंको नागार्जुनमा लडेर एकजनाको मृत्यु  

काठमाडौंको नागार्जुनमा लडेर एकजनाको मृत्यु  

काठमाडौं, कात्तिक २९ : नगरपालिका–५ बुद्धटोल बस्ने ताप्लेजुङ हारुजेल गाउँपालिका–६ घर भएका ३१ वर्षीय गोपाल कालीकोटेको लडेर आइतबार दिउँसो मृत्यु भएको छ। 

काठमाडौं महानरगपालिका–४ बालुवाटार बस्ने दुर्गा बहादुर प्रधानको घरमा वर्ल्डलिंकको नेटको तार जोड्ने क्रममा घरको तेस्रो तल्लाबाट लडेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:११ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्