पोखरीमा डुबेर चारजनाको मृत्यु
काठमाडौं, कात्तिक २९ : सुनसरी, सप्तरी र धनुषामा पोखरीमा डुबेर चारजनाको मृत्यु भएको छ। सुनसरीको गढी गाउँपालिका–६ स्थित कोशी इँट्टा उद्योगमा पानी जमेको खाल्डोमा...
काठमाडौं, कात्तिक २९ : सुनसरी, सप्तरी र धनुषामा पोखरीमा डुबेर चारजनाको मृत्यु भएको छ।
सुनसरीको गढी गाउँपालिका–६ स्थित कोशी इँट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ।
खाल्डोमा डुबेर उक्त इँट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका चार वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका चार वर्षीय छोरा पियाउ बरमडको मृत्यु भएको हो।
उक्त स्थानमा खेल्ने क्रममा डुबेका उनीहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका–२ सितापुरस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने प्रदिप चौधरीकी ११ वर्षीया छोरी प्रतिज्ञा चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१० प्रस्टोकी बस्ने रंजित यादवकी छोरी २६ महिनाकी दिपाली यादवको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
