Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु    

काठमाडौं, कात्तिक २९ : ओखलढुङगा, सिन्धुली, स्याङ्जा र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा  परी सातजनाको मृत्यु भएको छ।ओखलढुङगाके सुनकोशी गाउँपालिका–९ बुलडाँडास्थित सडकमा ओखलढुङगाको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु    

काठमाडौं, कात्तिक २९ : ओखलढुङगा, सिन्धुली, स्याङ्जा र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा  परी सातजनाको मृत्यु भएको छ।

ओखलढुङगाके सुनकोशी गाउँपालिका–९ बुलडाँडास्थित सडकमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर  र ३६ वर्षीया शान्तामाया मगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

Hardik ivf

साथै दुर्घटनामा घाइते भएकामध्ये ४ जनालाई  मुस्ताङ एयरको हेलिकोप्टरद्धारा काठमाडौं पठाइएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र अन्य घाइतेहरुलाई मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ रिठ्ठे गाउँस्थित सडकमा रा१त ३१७३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँस्थित रिठ्ठे टोल बस्ने ६६ वर्षीय रमेश भन्ने पोष्ट बहादुर कार्कीको घटनास्थलमै आइतबार साँझ मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

स्याङजाको आँधीखोला गाउँपालिका–५ एकराय भित्री सडकमा ग१त ६४४० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक तनहुँ भानु नगरपालिका–५ बस्ने ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय रेशम गुरुङको जिल्ला अस्पताल हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सडकमा रोकी राखेको लु२त ९७९९ नम्बरको ट्क्याटरमा लु३३प ७६१५ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–८ पकले बस्ने ४८ वर्षीय चन्द्र प्रसाद अर्यालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्