Kathmandu Press

विदेशबाट दुर्घटनाको खबर आएदेखि घरमा साहुको लस्कर

काठमाडौं, भदाै १ : वैदेशिक रोजगारीमा विदेश गएका युवक दुर्घटनामा परेर घाइते भएपछि यता उनको घरमा भने साहुहरूको घुइचो लाग्न थालेको छ। पैसा माग्न साहुहरू ....

विदेशबाट दुर्घटनाको खबर आएदेखि घरमा साहुको लस्कर
काठमाडौं प्रेस

काठमाडौं, भदाै १ : वैदेशिक रोजगारीमा विदेश गएका युवक दुर्घटनामा परेर घाइते भएपछि यता उनको घरमा भने साहुहरूको घुइचो लाग्न थालेको छ। पैसा माग्न साहुहरू दैनिक घरमा आउने गरेका छन्।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-५ का २७ वर्षीय प्रकाश कटुवाल एक वर्ष अघि वैदेशिक रोजगारीमा बहराइन गएका थिए। बहराइन पुगेर काम गर्न थालेको केही दिनमै दुर्घटनामा परेर घाइते भएका थिए। उनी अहिले हिडडुल, उठबस गर्न सक्ने अवस्थामा छैनन्।

घरपरिवारले उनलाई नेपाल ल्याउन सकिराखेका छैनन्। उनले पनि नेपाल आउन खोजेपनि सम्भव नभएको बताएका छन्। उनीसँगै बहराइन पुगेका उनका दाइ मोहन पनि काम गर्न सकिराखेका छैनन्। उनकै हेरचाह गरिरहेको छन्।

Hardik ivf

तर, यता घरमा भने साहुहरू पैसा माग्न आइरहेको उनकी पत्नी मिनाले बताइन्। ‘घरमा  पैसा माग्न आउने साहुँको लाम लाग्छ। दिनहुँ के भनेर टार्नु?,’ उनले भनिन्, ‘अब त घरैपिच्छे ऋण लागि सक्यो। कसैको २० हजार, कसैको १५ कसैको ५० गरी ६ लाखभन्दा बढी ऋण छ।’

दुवै दाइभाइ बैदेशिक रोजगारीमा जादा ऋण निकालेका थिए। कमाइ गरेर ऋण तिर्ने उनीहरूको योजना थियो। तर, दुर्घटना परेपछि एक वर्षदेखि उपचारमै तल्लिन छन्। जसले गर्दा काम गर्न सकेका छैनन्। ‘साहुहरू ब्याजसहित पैसा चाहियो भन्छन्, मसँग एक पैसा पनि छैन। बिहान-बेलुका खान पनि समस्या छ,’ मिनाले भिनन्।

बेचबिखन गर्न पनि जग्गाजमिन नभएको उनले बताइन्। आयआर्जनको स्रोत छैन। तीन वर्षका छोरा छन्। उनी पनि बेलाबखत बिरामी भइराख्छन्। उनको उपचार गर्नसमेत समस्या भएको मिनाले बताइन्। ‘एकातिर लोग्नेको पीडा छ, अर्कातिर छोरा छ। दिनहुँ साहु घरमा आइराख्छन्। के गर्ने, केही भेउ पाउँदिन,’ मिनाले दुःखेसो गरिन्।

छोरा जन्मिएको वर्षदिन नपुग्दै प्रकाश बहराइन गएका थिए। २०७४ मा मिना र प्रकाशको बिहे भएको हो। उनले विदेश नगइदिओस् भन्ने त मिनालाई पनि लागेको थियो। तर, रोक्न सकिनन्।

प्रकाश घरमा हुँदा अरुको घर बनाउन ढुंगा फुटाल्ने गर्थे। ढुंगा बोक्ने, गारो बनाउने उनको काम थियो। मजदुरी गरेर महिनाको १० हजारसम्म कमाउथे। तर, त्यसले छेलोखेलो गर्नै मुस्किल हुन्थ्यो। ‘केही वर्ष विदेशमा दुःखजिलो गरेपछि सजिलो होला भन्ने सोचेका थियौं, यस्तो दुर्घटना भयो,’ मिनाले भनिन्।

प्रकाश तीन दाइभाइ हुन्। जेठा मोहन प्रकाशसँगै बहराइन गएका छन्। उनले पनि काम गर्न पाएका छैनन्। प्रकाशकै हेरचाहमा रहेका छन्। उनी पनि ऋण निकालेरै बहराइन पुगेका थिए। माेहनले पनि विदेश जाँदाको ऋण तिर्न सकेका छैनन्।

प्रकाश कहिलेकाँही मिनासँग फोनमा कुराकानी गर्छन्। धेरै बोल्न सक्दैनन्, भक्कानिन्छन्। ‘मागेरै भएपनि खानु, भोको नबस्नु, छोराको हेरबिचार गर्नु भन्नुहुन्छ,’ प्रकाशले फोनमा भन्ने गरेको कुराकानी सुनाउदै मिनाले भनिन्, ‘घर आउन त मन छ तर, आउन सक्ने अवस्था छैन। जुन दिन कम्पनीले पठाउँछ, त्यही दिन नेपाल आउँछु भन्नु हुन्छ।’

मिना भने प्रकाश घर फर्किने आशमा बसिरहेकाे बताउँछिन्।

याे पनि पढ्नुस् :

‘सरकार, नेपालमै आएर मर्न पाऊँ'

कोमामा भनिएका बिरामी कोठामै छट्पटाउँदै

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्