Kathmandu Press

जन्मदिनको भोजमा झगडा, खुकुरी प्रहार गरी एकको हत्या 

काठमाडौं, कात्तिक २९ : मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा दुई पक्षबीच झगडा हुँदा एकजनाको हत्या भएको छ। आइतबार राति भएको झडपमा इटहरी उपमहानगरपालिका–१३ खनारमा...
जन्मदिनको भोजमा झगडा, खुकुरी प्रहार गरी एकको हत्या 

काठमाडौं, कात्तिक २९ : मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा दुई पक्षबीच झगडा हुँदा एकजनाको हत्या भएको छ। आइतबार राति भएको झडपमा इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएका धनकुटा पाख्रिबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।  

रिजन बूढीगंगा–६ की साथी नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन गएका थिए। जन्मदिनको भोजमा सामेल भएका र मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू, सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ–सात जनासँग रिजनको विवाद भएको थियो ।

Hardik ivf

सोही विवादकै कारण उनीहरूले रिजनलाई एकान्त बारीमा लगेर आक्रमण गरेका थिए। रिजनमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। झगडा छुट्याउन गएका नानू र अर्का महिला कमल थापा घाइते भएको प्रहरीको भनाइ छ।

घटनापछि प्रहरीले बूढीगंगा–७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा–४ घर भइ इटहरी–१३ बस्दै आएका २४ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्