Kathmandu Press

हुन्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौं, कात्तिक २९ : हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका–५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख...
हुन्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौं, कात्तिक २९ : हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका–५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कालिमाटी क्षेत्रमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्