Kathmandu Press

चिहानमा हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बाजा नबजाए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छ....

चिहानमा हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बाजा नबजाए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराए। ‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढि हौसिएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन। जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ।’

प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि प्रधानमन्त्रीले आग्रह गरे। ‘प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनेँ। पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन। मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,’ उनले भने।

प्रधानमन्त्रीले राजसंस्थाका विषयमा लागेका नारालाई बेमौसी बाजाको संज्ञा दिए। ‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ। चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडक उत्रन्छ।’ प्रधानमन्त्री ओलीले नेकपाको सरकार कुनै सेन्टिमेन्टमा नबनेको स्मरण गरए।

प्रधानमन्त्रीले सरकारले आवश्यक कानुनहरु छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुनहरु यही अधिवेशनबाट टुंगोमा पुर्‍याउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताए।

‘केही भएन भन्छन्, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्कोपटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,’ उनले भने, ‘१४ सय किलोमिटर पिच भएको छ, ३ सय पुल बनाउँदा कम भयो भने ५ सय वटा पुल बन्छन्, बाटोहरु चौडा बन्दैछ।’

प्रधानमन्त्रीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवहरुको बीच समेत सम्झौता भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले सिफारिस आउनेवित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिए। उनले भने, ‘सरकारले आफ्ना प्रतिबद्धताहरु शीघ्रतिशीघ्र निरुपण गर्छ। द्वन्द्वको खाटाहरु अहिलेसम्म रहनु र चहर्‍याउनु राम्रो होइन।’

प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने बताए।

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्