Kathmandu Press

‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’

काठमाडौं, कात्तिक २८ : संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ।बेलायत र आयरल्यान्डमा अध्ययन...
‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’
Hardik ivf

काठमाडौं, कात्तिक २८ : संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ।

बेलायत र आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि परामर्श सेवा गर्दै आएको आएआई–युकेले बेलायती शैक्षिक प्रदर्शनी–२०२१ बारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा त्यहाँ विद्यार्थीको शैक्षिक गुणस्तर र उत्तीर्ण दर पनि राम्रो भएको जनाइयो। उक्त संस्थाका  राष्ट्रिय निर्देशक विनय अधिकारीले बेलायतमा पढिसकेपछि दुई वर्षको कार्य अनुमति (टियर ४ भिसा) दिने गरेको र टियर २ भिसामा परिवर्तन गर्न हालै केही नियमहरु परिवर्तन भएको जनाउँदै त्यसबारे आफूहरुले परामर्श दिएको बताए। उनले आगामी मङ्सिर ५ गते पुतलीसडकस्थित आएआई–युकेको कार्यालयमा बेलायती शैक्षिक प्रदर्शनी–२०२१ आयोजना गर्ने र सोका लागि विद्यार्थीहरुको आवोदन खुल्ला गरिएको जानकारी दिए।

सो संस्थाका राष्ट्रिय व्यवस्थापक शिशिर रेग्मीले मेलामा विद्यार्थी र अभिभावकले एकै हातामा बेलायतको शैक्षिक प्रणाली, अध्ययनका लागि लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र चुनौतीबारे बेलायती शैक्षिक संस्थाका प्रतिनिधिकै उपस्थितिमा जानकारी लिन सक्ने बताए।

प्रकाशित मिति: २०:५९ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्