उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको उपाधि धनगढीलाई
काठमाडौं, कात्तिक २८ : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ ।आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको...
काठमाडौं, कात्तिक २८ : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३–१ले पराजित गर्दै धनगढीले उपाधि जितेको हो।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा धनगढी भाग्यमानी रह्यो । निर्धारित समयमा २ गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपविजेतामै समीति भयो ।
उपाधिसँगै धनगढीले ५ लाख नगद हात पारेको छ । उपविजेता बनेको ललितपुरले ३ लाखमा चित्त बुझायो। फाइनल पुगेका दुवै टिम उपमेयर कप राष्ट्रिय महिला लिगका लागि छनोट भएका छन् ।
प्रकाशित मिति: १८:४७ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











