सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं, कात्तिक २८ : रोल्पाको माडी गाउँपालिका २ घर्तिगाउँस्थित सडकमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ। रा.१ ज ३८२ नम्बरको जिप सडकबाट...
काठमाडौं, कात्तिक २८ : रोल्पाको माडी गाउँपालिका २ घर्तिगाउँस्थित सडकमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ। रा.१ ज ३८२ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपका चालक सोही गाउँपालिकाका ५१ वर्षीय लुद्र घर्तीसहित ४ जनाको मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित २ पुरुष र १ महिला गरी ३ जनाको घटनास्थलमै र १ जना महिलाको स्मृती हस्पिटल घर्तिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीया कनचना बिक र २१ वर्षीया मिना घर्तीमगरको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ।
काभ्रे, पनौती नगरपालिका ५ सुन्दरवस्तीस्थित सडकमा प्रदेश ३ ०१ ००६ ख ०६१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली मरिण गाउँपालिका ६ घर भएकी कुमारी घलानको छोरा ४ वर्षीय आयुष तामाङको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
