Kathmandu Press

संरक्षित वन्यजन्तुको जस्तो देखिने छालासहित एक जना पक्राउ  

काठमाडौं, कात्तिक २८ : काठमाडौं महानगरपालिका १४ बल्खुबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने १ थान छाला (आखेटोपहार) र ४ थान छालाका टुक्रासहित एक जना पक्राउ...
संरक्षित वन्यजन्तुको जस्तो देखिने छालासहित एक जना पक्राउ  

काठमाडौं, कात्तिक २८ : काठमाडौं महानगरपालिका १४ बल्खुबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने १ थान छाला (आखेटोपहार) र ४ थान छालाका टुक्रासहित एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका १४ बस्ने ललितपुर महांकाल गाउँपालिका ५ चन्दपुर घर भएका २८ वर्षीय दिपेश तिमल्सिनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो। 

दिपेशलाई बरामद आखेटोपहारसहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ। 

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्