Kathmandu Press

एसइईको पूरक परीक्षा आजदेखि सुरू

भक्तपुर, भदौ १ : माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजदेखि सुरू भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा निय....

एसइईको पूरक परीक्षा आजदेखि सुरू
फाइल फोटो

भक्तपुर, भदौ १ : माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजदेखि सुरू भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका तीन सय चार परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरू गरेको छ।

परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए। आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ।

सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अंग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए।

गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरिएको छ। जसले गर्दा यस वर्ष परीक्षार्थीको संख्या बढेको छ।

पूरक परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:१२ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्