Kathmandu Press

थापाथलीबाट एयर गनसहित एक पक्राउ

काठमाडौं, कात्तिक २८ : नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार...
थापाथलीबाट एयर गनसहित एक पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक २८ : नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो। 

पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रहरीले उक्त हतियार काठमाडौं महानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्