Kathmandu Press

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

चौतारा, कात्तिक २८ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा...
सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते
Hardik ivf

चौतारा, कात्तिक २८ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
 
मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका-२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन्। गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ।

सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

आलु लोड गरिएको बा५ख ६५६३ नम्बरको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। कच्ची सडकमा साँधुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्