Kathmandu Press

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। प्रध....

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने
फाइल फोटो

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, समसामयिक विषयमा बोल्ने जनाएको छ। प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि संसद्लाई जानकारी दिने जनाएको छ।

उनी केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्किएका थिए। त्यसबारे औपचारिक जानकारी दिइएको छैन। प्रधानमन्त्री ओलीले आज संसद्मा स्वास्थ्य अवस्थाबारे जानकारी दिने सचिवालयले जनाएको छ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको पनि जवाफ दिने कार्यक्रम रहेको जनाएको छ।

प्रकाशित मिति: १०:२२ बजे, आइतबार, भदौ १, २०७६