Kathmandu Press

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौं, कात्तिक २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ। नेपाली महिला टोलीले...
नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौं, कात्तिक २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ। 

नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन्। त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन्।

छनोट खेल भने आगामी मंसिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ। छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा यसअघि भइसकेको छ। नेपाली टोलीमा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। 

त्यस्तै सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ। उक्त प्रतियोगिताको तयारीस्वरुप नेपाली टोली यसअघि बङ्गलादेश गएको थियो। त्यहाँ नेपाली टोलीले बङ्गलादेशको स्थानीय टोलीसँग सिरिज पनि खेलेको थियो। महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले घरेलु टोली युएइसगैँ भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ।
 

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्