Kathmandu Press

म एमालेमा गएकी छैन : रञ्जु दर्शना  

काठमाडौं, कात्तिक २८ : विवेकशील साझा पार्टीमा पछिल्लो समय देखिएको विवादका कारण व्यापक उतारचढावहरू देखिएका छन्। अध्यक्ष रवीन्द्र मिश्रले पार्टी विधान विपरीत काम गरेको...
म एमालेमा गएकी छैन : रञ्जु दर्शना  

काठमाडौं, कात्तिक २८ : विवेकशील साझा पार्टीमा पछिल्लो समय देखिएको विवादका कारण व्यापक उतारचढावहरू देखिएका छन्।

अध्यक्ष रवीन्द्र मिश्रले पार्टी विधान विपरीत काम गरेको भन्दै सो पार्टी छाड्नेहरू पनि बढेका छन्। 

यसैबीच सोही पार्टीकी नेत्री रञ्जु दर्शनाले पनि पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेको हल्ला चलिरहेको छ। कतिपय सञ्चारमाध्यममा त उनी एमालेमा प्रवेश नै गरिसकेको भनेर समाचार आएका थिए।

यसैबीच नेत्री दर्शनाले आफू एमालेमा प्रवेश नगरेको भनेर स्पष्ट पारेकी छन्। उनले सामाजिक सञ्जालमार्फत त्यस्तो प्रस्टीकरण दिएकी हुन्।

‘मैले नेकपा एमाले प्रवेश गरेको छैन/होइन,’ उनले ट्विटरमा लेखेकी छन्। 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, कात्तिक २८, २०७८