Kathmandu Press

हावाहुरीले कर्णालीमा मकै बाली सखाप

जाजरकोट, भदौ १ : हावाहुरीले जाजरकोटमा मकै खेती नष्ट भएको छ। जिल्लाका अधिकांश भागमा लगाएको मकै बाली सखाप भएको स्थानीय बासिन्दाले बताएका छन्।

....

हावाहुरीले कर्णालीमा मकै बाली सखाप
काठमाडौं प्रेस

जाजरकोट, भदौ १ : हावाहुरीले जाजरकोटमा मकै खेती नष्ट भएको छ। जिल्लाका अधिकांश भागमा लगाएको मकै बाली सखाप भएको स्थानीय बासिन्दाले बताएका छन्।

शनिबार साँझ र राति आएको हावाहुरीले मकैका बोट ढलेका छन्। जाजरकोटको भेरी नगरपालिकालगायतका विभिन्न गाउँमा मकै नष्ट भएको विवरण आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घोगा लाग्दै गरेको मकै ढलेपनि किसान मर्कामा परेका छन्। सयौं हेक्टरमा लगाएको बाली नष्ट भएको प्रहरीको प्रारम्भिक जानकारी आएको छ।

जाजरकोटका छिमेकी जिल्लामा पनि हावाहुरीले मकैबाली नष्ट गरेको छ। शनिबार साँझ र राति हावाहुरी चलेको थियो।

केही दिनयता कर्णाली क्षेत्रमा वर्षा भइरहेको छ। वर्षासँगै हावाहुरी चलेपछि बालीनाली क्षति भएको हो।

प्रकाशित मिति: १०:०३ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्