६४ प्रहरीलाई दिइयो ट्राफिक नियन्त्रण तालिम
काठमाडौं, कात्तिक २८ : महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा...
काठमाडौं, कात्तिक २८ : महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो।
सोही महाशाखामा आइतबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले संगठनले प्रदान गरेको अवसरलाई सदुपयोग गरी तालिम उपलब्धिमूलक बनाउन आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै जनमुखी काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए। दक्ष र योग्य ट्राफिक प्रहरी बन्न तालिमले दिलाएको ज्ञान सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुवास खडकाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ २७ गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ६० जना गरी जम्मा ६४ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
