Kathmandu Press

प्रिमियर लिगमा लिभरपुलको दोस्रो जित

काठमाडौं, साउन ३२ : इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ। 

शनिबार राति भएको खेलमा साउथह्याम्टनलाई उसक....

प्रिमियर लिगमा लिभरपुलको दोस्रो जित

काठमाडौं, साउन ३२ : इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ। 

शनिबार राति भएको खेलमा साउथह्याम्टनलाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको हो। 

पहिलो हाफमा अन्तिम मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा एक गोल गर्दै एक गोल ब्यहोरेको थियो। 

खेलको ७१ औं मिनेटमा रोर्वेटो फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए। साउथह्याम्पटनका लागि खेलको ८१ औं मिनेटमा डानी इङ्ग्सले सान्तोना गोल फर्काएका थिए। 

जितपछि लिभरपुलले २ खेलबाट ६ अंक जोड्न सफल भएको छ। लगातार दोस्रो खेल हारेको साउथह्याम्टन अंकबिहीन छ। 
 

प्रकाशित मिति: २३:३१ बजे, शनिबार, साउन ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्