Kathmandu Press

डुबेर चारजनाको मृत्यु      

काठमाडौं, कात्तिक २८ : नेपाल बार एसोसिएसनको आन्दोलनको आह्वानमा एकातिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहँदा अर्कातिर तिनै जबराको पक्षमा प्रदर्शन...
डुबेर चारजनाको मृत्यु      

काठमाडौं, कात्तिक २८ : भक्तपुर, दाङ र सिन्धुपाल्चोकमा पोखरी, खोला र कुवामा डुबेर चार जनाको मृत्यु भएको छ।

भक्तपुरको भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित सिद्धपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २७ वर्षीय राजेश सुलुको शनिबार दिउँसो मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा राजेश डुबेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र विपद् व्यवस्थापन समेतबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। 

दाङको घोराही उपमहानगरपालिका–८ सौडी बस्ने ५४ वर्षीय बलबहादुर बिकको सोही ठाउँस्थित कुँवामा पानी तान्ने क्रममा खसेर डुब्दा शनिबार दिउँसो मृत्यु भएको छ। 

यसैगरी दाङकै तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्ने कमल डाँगीको छोरा १३ वर्षीय कब्यासन डाँगीको कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै घर नजिक खेल्ने क्रममा कुलोमा डुबेर अशक्त भएका उनको तुलसी सिटी हस्पिटलल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ दुगुना गाउँ बस्ने २५ वर्षीय बुद्ध तामाङको डुबेर शनिबार साँझ मृत्यु भएको छ। सोही ठाउँस्थित ड्राइपोर्टबाट काम गरी फर्कने क्रममा दुगुनास्थित बाटोबाट करिब ३ मिटर तल खोलामा खसेर डुब्दा अशक्त भएका उनको सिन्धु सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 
 

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्