Kathmandu Press

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं, कात्तिक २८ : रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। रौतहटको...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं, कात्तिक २८ : रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। 

रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुन्वा चोकस्थित सडकमा यूके बाह्र सी २९०० नम्बरको कार अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा कारमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।  

यसैगरी रौतहटकै गौर नगरपालिका–८ हनुमान चोकमा प्र२–०३–००१ ह–४२५ नम्बरको ई–रिक्साबाट खसेर राजदेवी नगरपालिका–६ कडवाना टोल बस्ने ६० वर्षीया रमिला देवीको शनिबार साँझ मृत्यु भएको छ।

Hardik ivf

उक्त रिक्साबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाराको कोल्हबी नगरपालिका–१ बटौलिया चोकमा ना४२प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कोल्हबी नगरपालिका–१ बस्ने २० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सुशिल चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। 

ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर अनियन्त्रित भई  शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–९ लामाटार बस्ने ३७ वर्षीय बिनोद बुढाथोकीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बिएण्डबि अस्पताल ललितपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो। 

प्युठानको सरूमारानी गाउँपालिका–२ ददेरीस्थित सडकमा रा४प ५०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १२ वर्षीय सुदिप जिसीको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि भालुवाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनकुटाको पाख्रिबास नगरपालिका–८ लुम्बुवा टोलस्थित सडकमा को२त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित ई शनिबार दिउँसो दुर्घटना हुँदा सोही ट्याकटरमा च्यापिएर ट्याक्टर चालक सोही नगरपालिका(७ थाक्ले बस्ने २१ वर्षीय टंक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ। 

कैलालीको कैलारी गाउँपालिका–८ लौशास्थित सडकमा भे११ प ७३२४ नम्बरको मोटरसाइकल र सुदूर पश्चिम प्रदेश ०१–००२ त ४१४६ नम्बरको ट्याक्टर आपसमा ठोकिएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–८ बस्ने २२ वर्षीय बिशाल कठरियाको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ डिहीस्थित सडकमा बा३ख ८२३ नम्बरको मिनी ट्रकको ढालाबाट खसेर सोही गाउँपालिका–५ काशीखर्क बस्ने ५८ वर्षीय बिष्णु बहादुर थापाको शनिबार साँझ मृत्यु भएको छ। ढालाबाट सडकमा खसेर बेहोस भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।    

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकमा भे९प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१८ बस्ने ४५ वर्षीय बिक्रम राईको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ होम नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुर्स्रेस्थित सडकमा बा५ख ६५६३ नम्बरको ट्रक सडकबाट करिब ८० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्रक चालक जुगल गाउँपालिका–२ बस्ने ३४ वर्षीय सीताराम दोङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि चौतारा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्