Kathmandu Press

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरका पनि कानुन व्यवसायीकाे धर्ना

जनकपुरधाम, कात्तिक २८ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज नेपाल बार एसोसिएसन धनुषामा जनकपुरका कानुन व्यवसायीहरूले पनि धर्ना दिएका छन्।उच्च अदालत...
प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरका पनि कानुन व्यवसायीकाे धर्ना

जनकपुरधाम, कात्तिक २८ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज नेपाल बार एसोसिएसन धनुषामा जनकपुरका कानुन व्यवसायीहरूले पनि धर्ना दिएका छन्।

उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाको प्रवेशद्वारमा कालोपट्टी बाँधेर उनीहरूले धर्नामा दिएका हुन्।

न्यायिक र प्रशासनिक शुद्धीकरणका लागि अदालतअगाडि धर्ना दिइएको उनीहरूले बताएका छन्। प्रधानन्यायाधीश जबरामाथि विभिन्न आरोप लागेपछि आफूहरूले राजीनामा माग गरेको उनीहरूको भनाइ छ। न्यायालयको शुद्धीकरणका लागि जनताको मागअनुसार आफूहरूले जबराको राजीनामा मागेको उनीहरूले बताए।

नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरूले केही समयदेखि आन्दोलन गर्दै  आएका छन्।

प्रकाशित मिति: १३:२७ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्