नेपाल बारले भन्यो– भोलिबाट उपत्यकाका सबै आन्दोलन सर्वोच्च अदालत केन्द्रित
काठमाडौं, कात्तिक २८ नेपाल बार एसोसिएसनले सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको...
काठमाडौं, कात्तिक २८ : नेपाल बार एसोसिएसनले सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको प्रदर्शनमा ‘भिजिलान्ते’हरूको प्रयोग गरिएको भन्दै बारले आन्दोलनलाई सर्वोच्च अदालत केन्द्रित बनाउने बताएको हो।
कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिने क्रममा प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन पनि प्रदर्शन गरेका थिए।
उनीहरूले कानुन व्यवसायीसँग वादविवाद पनि गरेका थिए। उक्त घटनाका कारण आक्रोशित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरूसँग जुध्न पठाएको आरोप लगाउँदै बार महासचिव लीलामणि पौड्यालले त्‘यसको सबै जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने बताए।
‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं,’ उनले भने।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
