Kathmandu Press

ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

काठमाडौं, साउन ३२ : ला लिगा फुटबलमा स्पेनिस महारथी रियल मड्रिडले विजयी सुरुवात गरेको छ। 

शनिबार राति सेल्टा भिगोलाई उसकै घरेलु मैदानमा ....

ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

काठमाडौं, साउन ३२ : ला लिगा फुटबलमा स्पेनिस महारथी रियल मड्रिडले विजयी सुरुवात गरेको छ। 

शनिबार राति सेल्टा भिगोलाई उसकै घरेलु मैदानमा ३–१ गोल  अन्तरले पराजित गर्दै रियल मड्रिडले विजयी सुरुवात गरेको हो। खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो। दोस्रो ५६ औं मिनेटमा लुका मोड्रिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमिति भएको थियो। 

१० खेलाडीमा सीमित भएपनि रियलले सेल्टा भिगोमाथि दबाब कायमै राख्यो। खेलको ६१ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।  खेलको ८० औं मिनेटमा लुकासले गोल गर्दै रियललाई ३–० को अग्रता तेब्बर पारेका थिए।

खेलको ९१ औं मिनेटमा सेल्टा भिगोका इकर लोसाडाले सान्तोना गोल फर्काएका थिए। जितसँगै रियलले महत्वपूर्ण ३ अंक जोड्न सफल भयो।  


 

प्रकाशित मिति: २३:०६ बजे, शनिबार, साउन ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्