तास खेलिरहेको अवस्थामा काठमाडौंबाट आठजना पक्राउ
काठमाडौं, कात्तिक २८ : तास खेलिरहेको अवस्थामा काठमाडौंबाट आठजना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका–७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बूले सञ्चालन...
काठमाडौं, कात्तिक २८ : तास खेलिरहेको अवस्थामा काठमाडौंबाट आठजना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बूले सञ्चालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत आठजनालाई शनिबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे।
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:५२ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
