Kathmandu Press

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

काठमाडौं,  कात्तिक २८ : त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि  निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन...
५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

काठमाडौं,  कात्तिक २८ : त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि  निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ। 

अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्भेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १० विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतलले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो। 

Hardik ivf

अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले सामाजिक सङ्घसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताए।

उनले भने, ‘नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ।’ नेपालमा  आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी सो अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ। आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ।

अस्पतालले खोकना, टोखा र थानकोटका भिजन सेन्टरलाई निरन्तरता दिँदै साँखुलगायतका थप तीन स्थानमा पनि थप सेन्टर स्थापना गर्ने कार्यक्रम अघि सारेको छ। उपत्यका बाहिर बाराका सिमरामा आँखा उपकार केन्द्र स्थापना गरिसकेको छ भने गोरखाको भच्चेकमा पनि स्थापनाका लागि अध्ययन भइरहेको जनाएको छ।

कोभिड–१९को सङ्क्रमण जोखिमकाबीच गत आर्थिक वर्षमा उक्त अस्पतालबाट ६५ हजार ४२९ ले ओपिडीबाट सेवा लिएकामा चालु आर्थिक वर्षमा ६८ हजार जनाले त्यो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षमा अस्पतालले नौ शल्यक्रिया शिविरमा पाँच हजार सात जनाको आँखा परीक्षण र ४६५ को शल्यक्रिया भएको अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिए। त्यस्तै सात आँखा परीक्षण शिविरबाट दुई हजार ७३३ सर्वसाधारण लाभान्वित भएका थिए। अस्पताले ८० वर्ष नाघेकालाई २५ प्रतिशत र गरिबलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार गर्दै आएको छ।

अस्पतालले गत वर्ष एक हजार आठ  गरिब बिरामीलाई उपचारमा पूर्ण तथा आंशिक छुट प्रदान गरेको थियो। गत आर्थिक वर्ष २०७७÷७८ मा अस्पतालले रु ११ करोड नौ लाख ११ हजार आम्दानी भएकामा रु नौ करोड १६ लाख ६६ हजार खर्च भएको विवरण कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अस्पतालका संस्थापक डा रामप्रसाद पोखरेलले नेपालमा आँखा उपचार सेवा र जनशक्ति वृद्धिमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको श्रेय त्रिपुरेश्वर आँखा अस्पतालको समेत रहेको बताए ।

अस्पतालका प्रमुख डा कमल खड्काले अस्पतालकातर्फबाट आँखा उपचार सेवा  दूरदराजका गाउँबस्तीमा पु¥याउने कोसिस भइरहेको जानकारी दिए। उक्त आँखा अस्पतालले हाल दैनिक सरदर ४०० देखि ६०० सर्वसाधारणलाई आँखा उपचार सेवा पु¥याउँदै आएको छ।
 

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्