Kathmandu Press

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत, कात्तिक २८ : कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको...
अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत, कात्तिक २८ : कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

Hardik ivf

उनी दुर्घटनामा घाइते भएका थिए। उपचारका क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको श्रेष्ठले बताए।

दुर्घटनामा घाइते वीरेन्द्रनगर नगरपालिकाका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही सामान्य उपचारपछि घर फर्किएका छन्। रिक्सा आफैँ अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।

वीरेन्द्रनगर–१ सुर्खेतका २४ वर्षीय रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्