Kathmandu Press

नेकपा सचिवालय बैठक स्थगित 

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। 

पार्टी एकताका बाँकी काम पूरा गर्न थप छलफल गर्न....

नेकपा सचिवालय बैठक स्थगित 
फाइल

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। 

पार्टी एकताका बाँकी काम पूरा गर्न थप छलफल गर्नुपर्ने भएकाले शनिबार बोलाइएको बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

यसअघि शुक्रबार बसेको सचिवालयको बैठकले ३२ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको थियो। नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्न बाँकी छ। सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनको एकता प्रक्रियाको काम पनि सुरु हुन सकेको छैन।

यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन्। अहिलेसम्म सचिवालय, स्थायी कमिटी,  प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुंगो लगाएको छ।
 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, साउन ३२, २०७६