Kathmandu Press

गुह्येश्वरी गौरीघाटबाट सात मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं, कात्तिक २८ : काठमाडौं उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वाग्मती सफाइ महाअभियानले सफाइ गरेको छ।छठ मनाएपछि सफा...
गुह्येश्वरी गौरीघाटबाट सात मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं, कात्तिक २८ : काठमाडौं उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वाग्मती सफाइ महाअभियानले सफाइ गरेको छ।

छठ मनाएपछि सफा भइनसकेको उक्त क्षेत्रमा महाअभियानको ४४४औँ हप्ताका अवसरमा शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको उनले बताए। सो क्षेत्रबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ।

Hardik ivf

सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सहभागिता थियो। तिलगङ्गा महिला समूह, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासीलगायतको पनि सफाइ अभियानमा संस्थागत सहभागिता थियो।

यसैगरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा वाग्मती नदीको किनारसँग जोडिएको डाँडाको जमिन सम्याउने क्रममा नदीमा माटो हालिएकामा महाअभियानले आपत्ति जनाएको छ । माटो व्यवस्थापन गरी नदी फोहर नगर्न आज सरोकार भएका निकाय र समूह सहमत भएको अभियानकर्मी शाहीले बताए।

 

प्रकाशित मिति: ०७:०८ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्