स्थायित्वको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमा छ : मुख्यमन्त्री पोखरेल
लमजुङ, कात्तिक २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपालीले विकास र स्थायित्व दिने जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारलाई थपिएको...
लमजुङ, कात्तिक २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपालीले विकास र स्थायित्व दिने जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारलाई थपिएको बताएका छन्। बेँसीशहरमा कांग्रेस लमजुङका कार्यकर्ता भेलामा उनले कम्युनिष्टको दुई तिहाइ बहुमतको सरकारले देश विकास गर्न नसकेकाले प्रदेशमा आफू नेतृत्वको सरकारलाई जिम्मेवारी थपिएको बताए।
सारा अधिकार आफ्ना हातमा लिन खोजेकाले तत्कालीन नेकपामा विद्रोह हुँदा कांग्रेसलाई जिम्मेवारी मिलेको उनको भनाइ छ। यसअघिको चुनावमा कांग्रेसलाई सरकारको प्रतिपक्षमा बस्ने मत प्राप्त भएकाले पाँच वर्ष नै सोही भूमिकामा बस्न लागे पनि देश र जनताका लागि कांग्रेस नेतृत्वको गठबन्धन सरकार आवश्यक भएको मुख्यमन्त्री पोखरेल नेपालीले उल्लेख गरे।
उनले भने, ‘हामीले हतार हतारमा बजेट ल्यायौँ, त्यसैले सबै क्षेत्रका विकासमा बजेट पुर्याउन सकेनौँ। तर हामी यसअघिको सरकारले अघि सारेका योजना र आफू नेतृत्व सरकारले अघि बढाएका पूरा गर्ने आफ्नो दायित्व हो।’ त्यस्तै उनले अरु पार्टीभन्दा कांग्रेस महाधिवेशन सबैको आकर्षणको केन्द्र हुने भएकाले राम्रोसँग सफल बनाउनका लागि कार्यकर्तालाई आग्रह गरे। त्यस्तै मुख्यमन्त्री पोखरेल नेपालीले सुन्दर बजार नगरपालिका–८ भोटेओडारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिकोत्सव तथा २२औँ साधारणसभाको उद्घाटनसमेत गरेका थिए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
