Kathmandu Press

नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका : शताब्दी पुरुष जोशी

ललितपुर, कात्तिक २७ : वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन्।...
नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका : शताब्दी पुरुष जोशी
Hardik ivf

ललितपुर, कात्तिक २७ : वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन्। उनले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिलाई आग्रह गरे। 
 
सङ्घले आज नेपाली भाषा तथा साहित्य अनि संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिका नाममा आयोजना गरेको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार समर्पण समारोहमा’ जोशीले अरनिको मुलुककै पहिलो गैरआवासीय नेपाली नागरिक भएको चर्चा गरे। 

वरिष्ठ साहित्यकार नयनराज पाण्डेले २०७७ सालमा प्रकाशित कृति सङ्कलन गरी सोमध्ये हरि अधिकारीको रचना उत्कृष्ट हुनुका साथै अरु साहित्यकारले नछोएका कुरा समावेश गरिएको हुँदा पुरस्कारका लागि छनोट गरिएको धारणा राखे। सङ्घका भाषा तथा साहित्य समितिका संयोजक हिक्मत थापाले हाल १०० भन्दा बढी मुलुकमा नेपालीको बसोबास रहेको र  उनीहरुका रचनाको खोजी गर्न जरुरी रहेको बताए। सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले मुलुकका शसक्त अनि जुझारु व्यक्तित्व अधिकारीलाई आफूहरुले छनोट गरी पहिलो पुरस्कार प्रदान गर्न पाउँदा प्रसन्नता मिलेको धारणा राखे। 

सङ्घका अध्यक्ष कुमार पन्तले कला र संस्कृतिको धनी पाटनमा जोशीद्धार पहिलो पुरस्कारको आरम्भ गर्न पाउँदा हर्षित भएको बताए। पुरस्कृृत व्यक्तित्व अधिकारीले सो पुरस्कार पहिलो पटक आफूले पाउँदा खुशी व्यक्त गरे। अधिकारी दुई लाख रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन्।
 

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्