कम्युनिष्ट आन्दोलनलाई सशक्त गराउन लागेका हौँ : मन्त्री खतिवडा
काठमाडौं, कात्तिक २७ : नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई आफूहरूले पुर्नगठन...
काठमाडौं, कात्तिक २७ : नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई आफूहरूले पुर्नगठन गरेको दाबी गरेका छन्।
मकवानपुरको फाखेल गाउँपालिकामा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरू टुटेको र फुटेको नभई एकीकृत कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त गराउन युगको मागअनुसार पुर्नगठन गरिएको स्पष्ट पारे।
मन्त्री खतिवडाले आफूहरू गफ गर्न नभई काम गर्न सरकारमा गएको बताउँदै भने, ‘हामी गफका लागि सरकारमा गएका हौँ, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौँ, जुन काम शुरुसमेत भइसकेको छ।’ उनले प्रत्येक वडामा आधारभूत स्वास्थ्यचौकी, हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहजरूपमा पहुँच दिनेगरी सरकारले योजना बनाइरहेको जानकारी दिए।
अघिल्लो सरकारले बजेट र जग्गाको सुनिश्चित नगरी हचुवाका आधारमा एकैदिन सबै पालिकामा अस्पताल शिलान्यास गरेर प्रचार मात्र गरेको बताउँदै वर्तमान सरकार व्यवस्थितरूपमा ती अधुरा कार्यलाई पूरा गराउन क्रियाशील रहेको मन्त्री खतिवडाले उल्लेख गरे। भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकीकृत समाजवादी)को गाउँपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा सङ्घको पालिकास्तरीय कमिटी गठन गरेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
