Kathmandu Press

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

झापा, कात्तिक २७ : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल...
सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

झापा, कात्तिक २७ : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए। 

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए। सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो। उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे। 

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरे। सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले एक लाख एक हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गर्दैआएको छ। 

प्रकाशित मिति: १९:१९ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्