Kathmandu Press

१८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

काठमाडौं, कात्तिक २७ : प्रहरीले १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका...
१८ लाख नगदसहित छ जना जुवाडे पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक २७ : प्रहरीले १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई १८ लाख सात हजार ५३० रुपैयाँ नगद र ताससहित पक्राउ गरेको हो।

निजलाई सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रानाउ सुवास हमालले जानकारी दिए। जुवा तास खेल्नका लागि निजले घर नै भाडामा लिइ सिसिटिभी क्यामेरासहित जडान गरी सङ्गठितरूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मुस्ताङको थासाङ–३ घर भई पोखरा–१२ चापापानी बस्ने नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने काजी गुरुङ, पोखरा–१२ माटेपानी बस्ने सूर्य गुरुङ, दैलेखको नौमूले–८ घर भई पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना, कास्कीको मादी–१० घर भई पोखरा–१३ सङ्गमटोल बस्ने खेमराज गुरुङ र पोखरा–१९ घर भई पोखरा–१६ दीप बस्ने श्याम श्रेष्ठ रहेको जनाइएको छ।

प्रकाशित मिति: १९:१५ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्