Kathmandu Press

काठमाडौंका दुई ठाउँमा आगलागी, लाखौंको धनमाल नष्ट

काठमाडौं, कात्तिक २७ : काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।तारकेश्वर नगरपालिका–१ साङ्ला बालकुमारी पाखास्थित नवलपरासी गैंडाकोट नगरपालिका–१५ घर भएका...
काठमाडौंका दुई ठाउँमा आगलागी, लाखौंको धनमाल नष्ट

काठमाडौं, कात्तिक २७ : काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

तारकेश्वर नगरपालिका–१ साङ्ला बालकुमारी पाखास्थित नवलपरासी गैंडाकोट नगरपालिका–१५ घर भएका ३३ वर्षीय भक्तिराम सापकोटाको शुभ पशुपालन तथा कृषि फर्ममा शुक्रबार राति अचानक आगलागी हुँदा गाईपालनको लागि बनाइएको टहरो पूर्णरुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

Hardik ivf

यसैगरी काठमाडौं महानगरपालिका–३१ शंखमूल डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका २६ वर्षीय महेन्द्र तामाङले घर अगाडि पार्किङ गरी राखेको बा३२प ७४१३ नम्बरको मोटरसाइकलमा शुक्रबार राति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। 

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्