Kathmandu Press

तीनजना मृत फेला

काठमाडौं, कात्तिक २७ : दाङमा दुई र कास्कीमा एक गरी दुईजना मृत फेला परेका छन्।  दाङको राप्ती गाउँपालिका–३ कम्दी खोलामा हाल नाम, थर, वतन नखुलेका...
तीनजना मृत फेला

काठमाडौं, कात्तिक २७ : दाङमा दुई र कास्कीमा एक गरी तीनजना मृत फेला परेका छन्।
  
दाङको राप्ती गाउँपालिका–३ कम्दी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी दाङकै दंगिशरण गाउँपालिका–२ कौवाघारी बस्ने ५५ वर्षीय अशोक सार्की आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहाल नयाँबस्ती तल्लो खण्डको भिरभन्दा तलको फेदीमा सोही ठाउँ बस्ने ५७ वर्षीय कृष्णप्रसाद गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्