Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं, कात्तिक २७ : विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।चितवनकाु इच्छाकामना गाउँपालिका–५ शान्तिबजारस्थित सडकमा ना५ख ८२५५ नम्बरको गाडीले बा।प्र...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं, कात्तिक २७ : विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

चितवनकाु इच्छाकामना गाउँपालिका–५ शान्तिबजारस्थित सडकमा ना५ख ८२५५ नम्बरको गाडीले बा।प्र ०३–०४ प–८०६४ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार कालिका नगरपालिका–७ बस्ने ५५ वर्षीया अजुमाया राना मगरको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक मृतकका पति ५९ वर्षीय टेक बहादुर राना मगरलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Hardik ivf

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ स्थित सडकमा बागमती प्रदेश ०२–०२८ प ४८८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक दैलेख महाबु गाउँपालिका–५ घर भएका २३ वर्षीय मनोज सिंहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलमा भे१ह ८४४ नम्बरको अटो अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक चोकमा प्र१–०१–०१२ प ६७६२ नम्बरको मोटरसाइकललाई को६प ९६९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनियन्त्रित भई मे१ज २०७३ नम्बरको बोलेरो गाडीमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा को६प ९६९५ नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका बस्ने २६ वर्षीय पदम विकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि बिएनसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

तीनवटै सवारी साधन र बोलेरो चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्