प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ
पर्सा, कात्तिक २७ : प्रतिबन्धित भारतीय रुपैयाँसहित पर्सामा एकजना पक्राउ परेका छन्।वीरगन्ज महानगरपालिका–१६ स्थित सडकबाट भारतीय प्रतिबन्धित ५ सय रुपैयाँ दरको २ सय ४८...
पर्सा, कात्तिक २७ : प्रतिबन्धित भारतीय रुपैयाँसहित पर्सामा एकजना पक्राउ परेका छन्।
वीरगन्ज महानगरपालिका–१६ स्थित सडकबाट भारतीय प्रतिबन्धित ५ सय रुपैयाँ दरको २ सय ४८ थान, २ सय रुपैयाँ दरको १ थान र १ सय रुपैयाँ दरको ८ थान गरी जम्मा १ लाख २५ हजार भारतीय रुपैयाँसहित भारत विहार पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल १० बस्ने ३३ वर्षीय राकेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
प्रदेश २–०३–०१७ प १६५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राकेशलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको होण्।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:१० बजे, शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)