Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं, कात्तिक २७ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कास्कीबाट २२ जना पक्राउ परेका छन्।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा...
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं, कात्तिक २७ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कास्कीबाट २२ जना पक्राउ परेका छन्।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुमन खड्काले तरकारी खेती गर्न बनाएको टहरामा जुवा खेलिरहेको अवस्थामा खड्का सहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

उक्त टहरामा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो।

कास्कीको पोखरा महानगरपालिका–१२ चापापानी बस्ने मुस्ताङ थासाङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय नबिन गौचनको घरमा तास खेलिरहेको अवस्थामा गौचन लगायत ६ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्