Kathmandu Press

पचालझरनामा पदमार्ग बन्दै

मान्म, कात्तिक २७ : कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि तीन करोड ३१ लाख रुपैयाँको लागतमा पदमार्ग बनाइने भएको छ। संस्कृति,...
पचालझरनामा पदमार्ग बन्दै

मान्म, कात्तिक २७ : कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि तीन करोड ३१ लाख रुपैयाँको लागतमा पदमार्ग बनाइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो। 

नेपालकै ३८१ मिटर अग्लो  उक्त झरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए। ‘यही कात्तिक ३० गते पदमार्ग शिलान्यास गरिने कार्यक्रम रहेको छ,’ उनले भने, ‘पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ।’ मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यमा पचालझरनालाई पनि सूचीकृत गरेको छ। यस झरनाको लम्बाइ ३८१ मिटर भएको बताइए पनि प्राविधिक जाँच भने गरिएको छैन। 

Hardik ivf

विसं २०७४ मा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३८१ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताए। ‘पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्उ सङ्घसंस्थाको संग्लनता हामीले गत वर्ष उचाइ मापन गरेका हौँ,’ उनले भने, ‘जिपिएस र अन्य विधिबाट उचाइ मापन गरेका थियौँ ।’ 

यो झरना नेपालकै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए। पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको उनको जिकिर थियो।  
 

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्