Kathmandu Press

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

वागमती, कात्तिक २७ : राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ। आर्थिक वर्ष...
विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

वागमती, कात्तिक २७ : राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ। आर्थिक वर्ष २०७६÷७७ देखि  विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि  त्यो अन्योलमा परेको हो। उक्त बस सञ्चालनका लागि आव २०७६/७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु २८ करोड र आव २०७७/७८ मा विनियोजन भएको रु ४० करोड फ्रिज भएको छ।

प्रदेश सरकारले चालु आव २०७८/७९ मा पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्ने र १५ वटा चार्जिङ स्टेसनका लागि  सामग्री खरिद र जडान प्रक्रिया समेतका लागि रु ५० करोड विनियोजन गरेको बताइए पनि चालु आवको चौथो महिना बित्नलाग्दासमेत बस खरिद प्रक्रियासमेत सुरु भएको छैन।

Hardik ivf

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डका अनुसार  हालसम्म बस खरिद प्रक्रिया अगाडि नबढेकाले चालु आवमा बस सञ्चालन हुने स्थिति देखिन्न। बोर्डका कार्यकारी निर्देशक जगदीश ढुङ्गानाले बस खरिदका लागि आह्वान गरिएको बोलपत्र अनुमानित रकमभन्दा बढी कबोल भएपछि रद्द गर्नु परेको जानकारी दिए। यसैगरी आवश्यक बस सञ्चालनका लागि पूर्वाधार नभएसम्म तत्काल बस खरिद  नहुने बोर्डका पदाधिकारीहरुले बताएका छन्। अहिले सबै काम रोकिएको बताइएको छ। 

तत्कालीन प्रदेश सरकारले २०८५ सालभित्र प्रदेशका  मुख्य सहरमा इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गर्ने लक्ष्य लिएको थियो। प्रदेशसभामा  विभिन्न विरोध हुँदा पनि विद्युतीय बस खरिद योजनालाई  तत्कालीन प्रदेश सरकारले चालु आवमै पास गरेको थियो।         
 

प्रकाशित मिति: १४:०९ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्