Kathmandu Press

सरकारलाई सुस्त हुने छुट छैनः नेपाल

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नागरिक सुस्त भए पनि सरकार सुस्त हुन नमिल्ने बताएका छन्। ....

सरकारलाई सुस्त हुने छुट छैनः नेपाल

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नागरिक सुस्त भए पनि सरकार सुस्त हुन नमिल्ने बताएका छन्। 

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले सानाठूला जस्ता सुकै काममा पनि तीन मुख्य पक्षको भूमिका हुने बताए। 

उनले कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने बताए। उनले सरकार सफल हुन तीन् पक्षीबीच हातेमालो हुनु जरुरी रहेको बताए। 

नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान  र तयारीविना आएको पनि बताए। उनले देशको विकासका निम्ति सबै एकजुट हुनु पर्ने पनि बताए।

उनले देश विकासका लागि नागरिक, संघसंस्था र सरकार एक साथ जुट्नु पर्ने बताए। कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौंको विकास निर्माण समयमा सम्पन्न गर्न र धुलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने नेपालको भनाइ छ।

उनले स्थानीय जनताले आफूले गर्न सक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गरेका थिए।
 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, साउन ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्