Kathmandu Press

उपसचिव अर्यालको निधन

काठमाडौं, कात्तिक २७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ।उनलाई मस्तिष्काघात भएपछि उपचारका...
उपसचिव अर्यालको निधन

काठमाडौं, कात्तिक २७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ।

उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए। 

मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गरे। अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। अर्यालका श्रीमती छन्।
 

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्