Kathmandu Press

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

जुम्ला, कात्तिक २७ : जुम्लाको गुठीचौर गाउँपालिकाले  सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ। वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको...
सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

जुम्ला, कात्तिक २७ : जुम्लाको गुठीचौर गाउँपालिकाले  सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ। वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। उनले भने, ‘वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो।’ 

विगतदेखि नै यो वडा अन्धकार थियो। हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए। विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन्। अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीर्ले  निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन्। योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ। कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ। गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएको अध्यक्ष भण्डारीले बताए। 

Hardik ivf

सौर्य ऊर्जाका लागि रु तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ। गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए। वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो। 

गुठीचौरमा ‘होमस्टे’ 

यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन्। सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृाष्टिगत गर्दै स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन्। होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन्। यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। 

होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयवासीलाई जागरुक बनाउने कार्य भइरहेको छ। अध्यक्ष भण्डारीले भने, ‘होमस्टे यहाँका रैथाने वस्तुको प्रवद्र्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन् । होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरून् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ।’  

गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । होमस्टे व्यवस्थित बनाउनका लागी पालिकाले होमस्टे सञ्चालकलाई आवश्यक सामाग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखाप्रमुख मोतिप्रसाद जैसीले बताए।
 

प्रकाशित मिति: १२:५३ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्