Kathmandu Press

कहिलेकाहीँ पार्टी एकता नगरेको भए ठीक हुन्थ्यो कि भन्ने लाग्छ: प्रचण्ड

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय ....

कहिलेकाहीँ पार्टी एकता नगरेको भए ठीक हुन्थ्यो कि भन्ने लाग्छ: प्रचण्ड

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन्।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै उनले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताए। कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुबै भएको भन्दै प्रचण्डले अहिले केही गर्न नसके इतिहासले धिकार्ने बताए। 

कार्यक्रममा प्रचण्डले चिकित्सकहरुले आफ्नो पेशालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए। पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै उनले चिकित्सकले पनि बिरामीलाई वस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए।

उनले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौती रहेको पनि बताए।
 

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, साउन ३२, २०७६